नियम ११०
अनुपस्थित न्यायाधीशको तर्फबाट फैसला सुनाउने
(१) नियम १०७ बमोजिम राय किताबमा लेखी निर्णय सुनाएपछि फैसला लेख नपाउँदै निर्णय गर्ने न्यायाधीशको मृत्यु भएमा मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने न्यायाधीशले आफै वा निजले तोकेको कुनै न्यायाधीशले सो ब्यहोरा जनाई राय किताबमा लेखेको निर्णयलाई नै फैसलाको रुपमा उतार गरी त्यस्तो फैसलामा दस्तखत गर्नुपर्छ ।

(२) संयुक्त इजलासबाट हेरिएको मुद्दामा उपनियम (१) बमोजिमको अवस्था पर्न आएमा सो इजलासमा बस्ने न्यायाधीशहरूको राय फैसला भए सो मध्ये कुनै एउटा न्यायाधीशले आफ्नो दस्तखत गरी अर्को न्यायाधीशले दस्तखत गर्न नसक्नाको कारण उल्लेख गर्नुपर्छ र रायबाझी भएको फैसला भए मृत न्यायाधीशको रायको हकमा उपनियम (१) बमोजिम गर्नु पर्छ।